जुम्ला बाम गठबन्धनको कब्जामा: प्रत्येक्ष तर्फ सबै उम्मेदवार विजयी

Posted on: 09 Dec, 2017

नन्दराम जैशि/मंसिर २३, जुम्ला । संघ र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्ष तर्फ जुम्लामा सबै बामगठबन्धन उम्मेदवार विजयि भएका छन् । 

अन्तिम नतिजा अनुसार प्रतिनिधिसभा तर्फ बामगठबन्धन माओबादि केन्द्रका उम्मेदवार गजेन्द्र बहादुर मतत भारि मतले विजयि भएसँगै जुम्ला बाम गठबन्धनको कब्जामा परेको हो । 

विजयि उम्मेदवार महतले ८ हजार २४ मतअन्तरले उहाका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देबेन्द्र बहादुर शाहीलाई पराजित गर्नु भएको छ । भने महतले जम्मा प्राप्त गरेको मत २२ हजार १ सय ७३ रहेको छ । 

त्यस्तै प्रतिद्वन्दी शाहिले १४ हजार १ सय ४९ मत प्राप्त गर्नुभएको छ । यसअघि प्रदेशसभा क बाट माके उम्मेदवार नरेश भण्डारी र प्रदेशसभा ख मा एमाले उम्मेदवार पदम बहादुर रोकाया विजयि भैसक्नुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!