पर्वतको पछिल्लो नतिजा , पदम गिरी फराकिलो अन्तरले अघि बढ्दै, प्रदेशसभामा क मा नेत्र अघि, ख मा लम्सालल

Posted on: 09 Dec, 2017

पर्वत /पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका तीन वटै सिट मध्ये प्रनिनिधीसभामा नेकपा(एमालेका पदम गिरी फराकिलो अन्तरले अघि बढेका छन भने प्रदेश क मा माओबादी केन्द्रका नेत्र अधिकारीले अग्रता हासिल गरिरहँदा प्रदेश खमा नेपाली कांग्रेसका राजेन्द्र तिवारीले बिकास लम्सालाई उछिनेका छन ।

मतगणनाको शुरु देखि नै फराकिलो अन्तरले पदम गिरीले अर्जुन जोशीलाई पछि पारेका छन भने नेत्र अधिकारीले पनि अग्रता लिँदा शुरु देखि अग्रता लिएका बिकास लम्साललाई बिहान सम्ममा राजेन्द्र तिवारीले २१ मतले पछि पारेका हुन ।

पर्वतको मत परिणाम अनुसार प्रतिनिधीसभा सदस्य पदका उमेदवार एमालेका पदम गिरीले ११ हजार ८ सय ७१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले ८ हजार ६ सय ६८ मत प्राप्त गरेका छन ।

यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका नेत्र अधिकारीले ४ हजार ५ सय ६ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका नवराज गुरुङ्गले ४ हजार ३ सय ८० मत प्राप्त गरेका छन ।

प्रदेशसभा २ मा एमालेका बिकास लम्सालले ४ हजार ८ सय ५ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ४ हजार ८ सय २८ मत प्राप्त गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!