ओखलढुंगामा भारी मतान्तरले सुनुवार विजयी, को हुन् सुनुवार ?

Posted on: 09 Dec, 2017

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २३, ओखलढुंगा । प्रतिनिधिसभा सदस्यमा ओखलढुंगाबाट यज्ञराज सुनुवार भारी मतान्तरले विजयी हुनुभएको छ । 

एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत मतले पछि पार्दै सुनुवार विजयी हुनुभएको हो । खतिवडाले २७ हजार ३ सय २७ मत ल्याउनुभएको छ ।


ओखलढुंगामा सुनुवार र खतिवडा दुबै लोकप्रिय नेता भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर मतगणनाको सुरुवाती अग्रता लिएका सुनुवार अन्ततः फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

को हुन् यज्ञराज ?

एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज यज्ञराज सु्नुवार कुनै बेला विद्यार्थी राजनीतिमा सक्रिय थिए । ०५३ मा आर आर क्याम्पस र ०५५ मा महेन्द्र रत्न क्याम्पस ताहाचालको स्ववियु सभापति निर्वाचित भएका सुनुवार अनेरास्ववियुको अध्यक्षमा ठाकृुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिमा आएका थिए ।

ओखलढुंगामा एमालेको तीन कार्यालय पार्टी प्रमुख भएका सुनुवार ०६४ मा ओखलढुंगा १ बाट संविधानसभा सदस्यमा पराजित भए । त्यसपछि उनी ०७० सालमा करीव ३५ सय मतान्तरले कांग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर बिजयी भए । 

२०७० सालमा निर्वाचित भएपछि छोटो समयमा लोकप्रिय भएका नेता सुनुवार सदन र सडकमा जिल्लाको विकास र देशको निकासका लागि लड्ने नेतामा परे र गठबन्धनका साझा उमेद्वार सुनुवार प्रतिस्पर्धी रामहरि खतिवडालाई भारी मतान्तरले पछि पार्दै विजयी भए ।

सुनुवार र खतिवडा दुवै प्रभावाशाली युवा नेताको पहिचान बनाएका नेता हुन् । अब जित भएसँगै सुनुवार संसदमा प्रवेश गर्नेछन् भने पराजित भइसँगै खतिवडा ५ वर्ष संसद बाहिरै रहनुपर्ने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!