दार्चुलामा वाम गठबन्धनको 'क्लिन स्वीप'

Posted on: 09 Dec, 2017

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २३, दार्चुला । दार्चुलामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभाका दुवै तथा एक प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

प्रदेशसभा ‘क’ मा १६ हजार ५३ मत ल्याएर नेकपा एमालेका गेल्बु सिंह बोहरा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गर्नुभयो ।


यस्तै प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका मानबहादुर धामी १२ हजार ९ सय ५६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशबहादुर पालले ९ हजार ५ सय ७५ मत प्राप्त गर्नुभयो । 

यसअघि सार्वजनिक भएको प्रतिनिधिसभा तर्फको मतपरिणाममा एमालेका गणेशसिंह ठगुन्ना २८ हजार ९ सय ९८ मत ल्याएर विजयी हुनुभएको थियो । उहाका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेशका बिक्रम सिह धामीले ६ हजार ७ सय ६५ कम अर्थात २२ हजार २ सय २३ मत प्राप्त गर्नुभएको थियो । 

यो जितसंगै ठगुन्ना लगातार २ पटक केन्द्रीय निर्बाचन जित्ने दार्चुलाका पहिलो ब्याक्ती बन्नुभएको छ । जितपछि बाम गठबन्धनका कार्यकर्ता, समर्थकहरु बिजयउत्सबको तयारीमा लागेका छन ।

यद्धपि अधिकारीक रुपमा भने बिजयि उम्मेदबारहरुको नाम र प्राप्त मतपरिणाम घोषणा हुन बाकी रहेको छ । बिहान ८ बजेसम्ममा प्रतक्ष्यतर्फको नतिजा सार्बजनिक गरेर समानुपातीकतर्फको मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्बाचन अधिकृत राजेन्द्र नेपालले बताउँनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!