विजयी सभाका लागि वर्षमान काठमाडौँबाट रोल्पा आईपुगे

Posted on: 09 Dec, 2017

मनिषा राई/मंसिर २३, रोल्पा । संयुक्त वाम गठबन्धनका उमेद्वार एवं नेकपा –माओवादी केन्द्र) का वरिष्ठ नेता वर्षमान पुनमगर विजयी ¥यालीका लागि रोल्पा आईपुगेका छन् । 

मत गणना हुँदै गर्दा निरन्तर रुपमा अग्रता लिंदै गएपछि काठमाण्डौँबाट हिजो साँझ ८: ३० बजे रोल्पाको लिबाङ आएका हुन् । 

पहिलो चरणको निर्वाचन सम्पन्नपछि आफ्नो मत सुरक्षित गरी दोस्रो चरणमा नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महरालाई विजयी बनाउनको लागि दाङ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विजयी बनाउनको लागि चितवनदेखि विभिन्न स्थानमा पुगेका नेता पुनमगर आफ्नो मत गणना स्थलमामा आइपुगेका छन् ।  

उनीसंगै निवर्तमान सभामुख एवं प्रतिनिधि सभा समानुपातिक उमेद्वार ओनसरी घर्तीमगर पनि रोल्पा आएकी छन् । उनले रोल्पा जिल्लाको अन्तिम मत परिणाम आएपछि विजयी र्याली मनाएर मात्रै काठमाडौँ फर्किने घर्तीले बताइन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!