रामेछापको पछिल्लो मत परिणाम अपडेट, बाम गठबन्धनको फराकिलो अग्रता

Posted on: 09 Dec, 2017

मङ्सिर २३, रामेछाप | प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको पछिल्लो मत परिणाम रामेछापमा संचारकर्मी प्रज्वल पौडेलबाट साझा सबालले प्राप्त गरेको छ | 

पछिल्लो ताजा मत परिणाम अनुसार बाम गठबन्धन (माओवादी केन्द्र) का श्यामकुमार श्रेष्ठले १९१२१ मत पाएर अग्रता लिईरहेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका पुर्ण बहादुर तामाङले १५८२१ मत पाएका छन् | यो ३३०० मतको मतान्तर हो |

त्यस्तै रामेछापको प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर 'क' मा बाम गठबन्धन (एमाले) का शान्ति प्रसाद पौडेलले १०३४६ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका रत्न कार्कीले ६९७८  मत पाएका छन् | यो ३३६८ मतको मतान्तर हो |  

त्यस्तै रामेछापको क्षेत्र नम्बर ख अन्तर्गत बाम गठबन्धनकै (एमाले) उम्मेदवार कैलाश प्रसाद ढुंगेलले १४२६८ मत पाई अग्रतामा रहेका छन् | यहाँ नेपाली काङ्ग्रेसका जित बहादुर मगरले ८१७२ मत मात्र पाएका छन् | यहाँ ६०९६ मतान्तर रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!