सल्यानमा बाम उम्मेदवारको अग्रता कायमै

Posted on: 09 Dec, 2017

शंकर केसी/मङ्सिर २३, सल्यान । सल्यानमा जारि मतगणनामा बाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् । 

विहान साढे ११ बजे सम्मको मत परिणाम अनुसार प्रतिनीधिसभाका लागी एउटा क्षेत्र रहेको र प्रदेशसभाका लागी दुइवटा निर्वाचन क्षेत्र रहेको सल्यानमा बाम उम्मेदवारहरु नै अघि छन् ।

प्रतिनिधीसभामा माओवादी केन्द्रका टेक बहादुर वस्नेतले ८०८६ मत ल्याएका छन् भने काग्रेसका राजेन्द्र बहादुर शाहले ४५३४ मत ल्याएका छन् ।

प्रदेशसभाको पछिल्लो विवरण अनुसार क क्षेत्रमा एमालेका गुलावजंग शाहले ३९३४ मत ल्याएका छन् । 

उनलाइ स्वतन्त्र उम्मेदवार(माओवादी केन्द्रका बागी) भिम प्रकाश शर्माले २१९१ मत ल्याएर पच्याइरहेका छन् । र काग्रेसका एकराज डागी २०३९ मतका साथ तेश्रो स्थानमा छन् ।

यस्तै प्रदेश ख क्षेत्रमा एमालेका प्रकाश ज्वालाले ४०८९ मत ल्याएर अग्रस्थानमा छन् । ज्वाला ६ नम्बर प्रदेशको भावि मुख्यमन्त्रीको रुपमा पनि हेरिएका छन् । 

उनलाइ काग्रेसका डिल्लीराज रेग्मीले २१३६ मत ल्याएर पच्याइरहेका छन् भने राप्रपाका राजेन्द्रबिर रायले ११२७ मत ल्याएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!