प्रदेश १ बाट मिनेन्द्रले खोले कांग्रेसको खाता

Posted on: 09 Dec, 2017

मंसिर २३, मोरङ । प्रदेश नम्बर १ मा नेपाली कांग्रेसले जीतको खाता खोलेको छ । 

मोरङ क्षेत्र नम्बर २ बाट डाक्टर मिनेन्द्र रिजालले कांग्रेसको जीतको खाता खोलेका हुन् । उनले एमालेका ऋषिकेश पोखरेललाई १ हजार ८ सय ५ मतले पछि पारेका हुन् । डाक्टर रिजालले ३५ हजार ८ सय १९ र पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं. ४ मा माओवादी केन्द्रले जितेको छ । परिणाम आउन बाँकी रहेको क्षेत्र नं. ५ मा माओवादीका शिवकुमार मण्डलले अग्रता लिइरहेका छन् ।

  

यस बिषयमा तपाइको प्रतिक्रिया...!