बैतडी वाम गठबन्धनको 'क्लिन स्विप'

Posted on: 09 Dec, 2017

नरी बडु/मङ्सिर २३, बैतडी । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लामा तीनै ठाँउमा बाम गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । 

दामोदर भण्डारी 

प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी ३९ हजार पाँच सय २४ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका नरबहादुर चन्दले २८ हजार दुई सय ९१ मत पाउनुभएको छ । 

७६ हजार छ सय ४३ मत खसेको यस निर्वाचन क्षेत्रमा सात हजार ५४ मत बदर गएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । बैतडीकै प्रदेश (क) मा माओबादी केन्द्रका प्रेमप्रकास भट्ट (आदित्य) र प्रदेश (ख) मा नेकपा एमालेका लीलाधर भट्ट विजयी हुनुभएको छ । 

 लीलाधर भट्ट

विगतमा काग्रेस र राप्रपाको गड मानिदै आएको यस जिल्लामा यसपाली बाम गठबन्धनले कब्जा गरेको हो । 

प्रेमप्रकास भट्ट


यस बिषयमा तपाइको प्रतिक्रिया...!