सिरहा ३ (क) मा माओवादी नेता यादव निर्वाचित

Posted on: 09 Dec, 2017

मङ्सिर २३, लहान । प्रदेशसभा क्षेत्र नम्बर ३ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी हुनुभएको छ । 

केही बेरअघि सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मनोजकुमार सिंहलाई ४७९ मत अन्तरले पराजित गर्दै यादव निर्वाचित हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय फोरम नेपालका सिंहले १० हजार ९३३ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!