नुवाकोट अपडेट - रामशरण महत र अर्जुननरसिंह केसीको हार निश्चित !

Posted on: 10 Dec, 2017

मङ्सिर २४, नुवाकोट | प्रतिनिधिसभा निर्वाचन अन्तर्गत निर्वाचनको मतगणना नुवाकोटमा जारी छ | पछिल्लो मत परिणाम अनुसार यहाँको दुवै निर्वाचन क्षेत्रमा बामगठ बन्धनका उम्मेदवारहरु ठूलो मतान्तरले अगाडी छन् | यहाँ कांग्रेसमा परिचित नेता द्वय रामशरण महत र अर्जुननरसिंग केसी उम्मेद्वार छन् |


नुवाकोट क्षेत्र नम्बर–१ मा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले अहिलेसम्म २४५२८ मत पाएका छन् भने उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार डा. रामशरण महतले १८७९७ मत पाएका छन् | जुन ५७३१ को मतान्तर हो | यहाँ कुल ६९,८६४ मत खसेको छ | निरन्तर मतान्तर बढ्दा यहाँ महतको हार निश्चित भएको बताइएको छ | 

त्यस्तै नुवाकोट क्षेत्र नम्बर २ मा झन् कांग्रेसको स्थिति निकै नराम्रो छ | यहाँ अब १७६६० मत गणना हुन बाँकी छँदा कांग्रेस उम्मेदवार अर्जुननरसिंह केसी बाम गठ बन्धनका उम्मेदवार एमालेका नारायणप्रसाद खतिवडा भन्दा ७५४३ मतले पछाडी छन् |  अर्जुननरसिंह केसीले १९७७९ मत पाएका छन् भने एमालेका खतिवडाले २७३२२ मत पाएका छन् | मतान्तर घटाउन नसक्दा केसीको पनि हार निश्चित जस्तै देखिन्छ | 

प्रदेश सभाको स्थिति के छ ? 

क्षेत्र नम्बर (१) प्रदेश ‘क’

नेकपा माओवादी केन्द्रका राधिका तामाङ-१३५५४

नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र थिङ–१०१७०

कुल खसेको मत–३३,९९०

क्षेत्र नम्बर (१) प्रदेश ‘ख’

नेकपा एमालेका उम्मेदवार बद्री मैनाली–१७११५

नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत–९१२३

कुल खसेको मत–३५,८७४

क्षेत्र नम्बर (२) प्रदेश ‘क’

नेकपा एमालेका केशवराज पाण्डे–१७००१

नेपाली काँग्रेसका जगदिश्वरनरसिंह-१०७३१

जम्मा गणना मत–२९८७३

कुल खसेको मत–३५,५२८

क्षेत्र नम्बर (२) प्रदेश ‘ख’

नेकपा माओवादी केन्द्रका हिरानाथ खतिवडा–१३२१०

नेपाली काँग्रेसका जगतबहादुर तामाङ–११११५

गणना भएको मत–२६८०७

कुल खसेको मत–३४,३६९

यस बिषयमा तपाइको प्रतिक्रिया...!