पर्वतमा सबै बाम उमेदवार बिजयी,धौलागिरीबाट काँग्रेस क्लिन स्वीप

Posted on: 10 Dec, 2017

पर्वत रपर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका दुईवटै क्षेत्रमा बामपन्थी उमेदवार बिजयी भएका छन ।
पर्वतमा पहिलो पटक बामपन्थी उमेदवारहरुले नेपाली कांग्रेसलाई क्लिन स्विप गर्दै बिजयी हुन सफल भएका हुन । मतगणना सकिएपछि परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

एमालेबाट प्रतिनिधीसभा सदस्य पदका उमेदवार पदम गिरीले प्रतिष्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ भन्दा बढी मतले पराजित गरेका छन । पछि पारेका छन । पर्वत क्षेत्र नं १ मा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका जोशी एमालेका युवा नेता पदम गिरी संग फराकिलो मतान्तरले पराजित भएका छन । उनले २०५, २०६४ र २०७० मा चुनाब जितेका थिए ।

यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका नेत्र अधिकारीले ४ हजार बढी मतले नेपाली कांग्रेसका उमेदवार नवराज गुरुङ्गलाई पराजित गरेका छन । प्रदेशसभा २ मा एमालेका बिकास लम्सालले २ हजार बढी मतले नेपाली कांग्रेसका राजेन्द्र तिवारीलाई पराजित गरेका हुन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!