अछामका २ वटै क्षेत्रमा बाम उम्मेदवार विजयी

Posted on: 10 Dec, 2017

मंसिर २४ अछाम । अछामको २ वटा प्रदेश अन्तिम नतिजा सार्वजनिक भएको छ । 

सार्वजनिक भएका प्रदेशमा बाम उम्मेदवार जित हासिल गरेका छन् । अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा ( क)मा बाम गठबन्धनको तर्फबाट नेकपा एमाले का हर्क (गोबिन्द) बहादुर कुवर १०७१० मत प्राप्त गरि बिजयी हुनु भएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मेघराज खड्काले ९२९८ मत प्रहरी गरि पराजित हुनुभयको छ । त्यस्तै अछाम जिल्ला क्षेत्र नं २ प्रदेससभा (क) मा बाम गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका उम्मेद्वार अक्कल बहादुर रावल १० हजार ९ सय  ८१ मत प्राप्त गरि बिजयी हुनुभयको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरत बहादुर बिष्टले ९०४० मत प्राप्त गरि पराजित हुनु भएको छ । 

नेमकिपाकाका पदम बहादुर बुढाले ७६ मत प्राप्त गर्नु भएको छ भने नेकपा मालेका दिल बहादुर बिष्टले ३४९ मत प्राप्त गरि पराजय हुनु भएको छ ।  जम्मा २१ हजार ५ सय ५ मत खसेको यो क्षेत्रमा १ हजार ५९ मत बदर भएको जनाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!