रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठ बिजयी, कुन पार्टीको मत कति ?

Posted on: 10 Dec, 2017

प्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठ कुशल निर्वाचित भएका छन् ।

आफ्ना निटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ कान्छारामलाई हराउँदै श्रेष्ठ विजयी भएका हुन् । पूर्व गृहमन्त्री एवम् विनाविभागिय मन्त्री समेत रहेका श्रेष्ठले ४२,११७ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।


तामाङले हजार ३५,७७१ मत ल्याए। माअाेवादी केन्द्रका पाेलिटव्युराे सदस्य समेत रहेका श्रेष्ठले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।

कुशल र कान्छारामकाे ६ हजार ३ सय ४६ मतान्तर रहेकाे छ । प्रतिनिधि सभामा जम्मा ८९५८७ मत खसेकाेमा ५,६४९ बदर मत रहेकाे पाइएकाे छ । अाैपचारिक घाेषणा हुन भने वाँकी रहेकाे छ ।

कुन पार्टीको मत कति


यस बिषयमा तपाइको प्रतिक्रिया...!