कैलाली ५ मा आरजुलाई पछार्दै एमालेका नारदमुनि विजयी

Posted on: 10 Dec, 2017

मंसिर २४, धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणालाई पछार्दै एमालेका नारदमुनि राना विजयी भएका छन् ।

रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।


तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका हुन् र ६ हजार ४६४ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!