एमाले अध्यक्ष ओलीलाई ५२१७८ मत, अहिलेसम्म एमालेका ९४ उम्मेदवार बिजयी

Posted on: 10 Dec, 2017

मङ्सिर २४. काठमाडौँ | प्रतिनिधिसभा सदस्यमा झापा निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले)का उम्मेदवार के.पी शर्मा ओलीले ५२१७८ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । भने नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २६६६६ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्यमा झापा निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवार पवित्रा निरौला (खरेल)ले ३८५०१ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापाले २७४९५ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म नेकपा (माओवादी केन्द्र)ले २३ स्थानमा विजय हासिल गरेको छ । त्यस्तै ११ स्थानमा अग्रता कायम गरेको छ । 

त्यस्तै प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म नेपाली काँग्रेसले ११ स्थानमा विजय हासिल गरेको छ भने नेपाली काँग्रेसले १२ स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म नेकपा (एमाले)ले ५७ स्थानमा विजय हासिल गरेको छ भने २३ स्थानमा अग्रता कायम गरेको छ ।

प्रदेशसभा सदस्यमा अग्रस्थानमा रहेको नेकपा (एमाले) बाट अहिलेसम्म ९४ जना उम्मेदवार विजयी भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!