बिना मगरले बनाइन् १०,०१२ मतान्तर, कन्चनपुर २ मा एमालेको अग्रता ?

Posted on: 10 Dec, 2017

मङ्सिर २४, कंचनपुर | प्रतिनिधिसभा सदस्यमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बीना मगरले २०२६५ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह बिष्‍टले १०२५३ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

 ।

त्यस्तै प्रतिनिधिसभा सदस्यमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवार नरबहादुर धामीले १९९७४ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले १५५३३ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!