चितवन क्षेत्र नम्बर -३ मा ३८११२ मत गन्दा प्रचण्डलाई कति ?

Posted on: 10 Dec, 2017

मङ्सिर २४, चितवन | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सबैभन्दा चर्चा र महत्वपूर्ण मानिएका निर्वाचन क्षेत्र मध्ये चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्प कमल दाहाल 'प्रचण्ड' अग्रतामा छन् |

९३८२३ मतदाता रहेको यस क्षेत्रमा अहिलेसम्म ३८११२ मत गनिएको छ | अहिलेसम्म दाहालले १९,६४३ मत पाएका छन् भने निकटम प्रतिष्पर्धी राप्रपाका बिक्रम पाण्डेले १४८३८ मत प्राप्त गरेका छन् | यहाँ पाण्डे र दाहाल बीच अहिले ४८०५ मतको अन्तर रहेको छ | 

(अपडेट) अहिलेसम्म प्रतिनिधि सभा निर्वाचन अन्तर्गत माओवादी केन्द्रले २३ स्थानमा आफ्नो सिट सुरक्षित गरिसकेको छ | माओवादीले १२ स्थानमा अग्रता लिएको छ |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!