रसुवामा समानुपातिकको मतगणना सकियो, कसको कति ?

Posted on: 10 Dec, 2017

मङ्सिर २४, रसुवा (रासस) | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । 

प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले ७ हजार ८२२, नेपाली काँग्रेसले छ हजार ५९७, माओवादी केन्द्रले १ हजार ८२३ र नयाँ शक्ति पार्टी नेपालले पाँच हजार ४९१ मत प्राप्त गरेको रसुवाका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जनाएको छ । 

यसैगरी प्रदेशसभातर्फ एमालेले छ हजार ९१८, काँग्रेसले चार हजार ७९६, माओवादी केन्द्रले दुई हजार १२९ र नयाँ शक्ति पार्टी नेपालले छ हजार १२७ मत प्राप्त गरेको छ । रसुवामा मतगणनाको सम्पूर्ण काम सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!