नागेन्द्रलाई ४७६२ मतले पछि पार्दै फोरमका असोक यादव विजयी

Posted on: 10 Dec, 2017

सरोज यादव | मङ्सिर २४, सर्लाही | सर्लाही ३ प्रदेश सभाको मतगणना सम्पन्न भएको छ । सर्लाही प्रदेश न २ (ख) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार असोक यादव विजयी हुनु भएको छ ।

 वाहाले सर्लाही बाट पहिलो जितको खाता खोल्दै आफ्ना निकट्तम प्रतिद्वन्द्वी नागेन्द्र राय यादवलाई ४७६२ ठुलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । यादवले १५७७७ मत प्राप्त गर्नु भएको छ भने वाहाका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका नगेन्द्र रायले ११०१५ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!