कञ्चनपुर २ (क) मा माओवादीका जोशी र (ख) मा एमालेका खड्का बिजयी

Posted on: 10 Dec, 2017

मङ्सिर २४, कञ्चनपुर (रासस) | कञ्चनपुर निर्वाचन क्षेत्र नं २ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेशदत्त जोशी १७ हजार ६७२ मत ल्याई विजयी हुनु भएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पुष्करराज ओझाले १२ हजार ४६२ मत प्राप्त गर्नुभयो । 

त्यस्तै, प्रदेशसभा क्षेत्र (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का लालबहादुर खड्का १६ हजार ३८५ मत ल्याई विजयी हुनु भएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बहादुरसिंह थापाले ११ हजार ८५१ मत प्राप्त गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!