अब गन्न बाँकी ४० हजार २०५ मत भित्र बिक्रम पाण्डेको भविष्य ! (भर्खरैको मत अपडेट हेर्नुहोस्)

Posted on: 11 Dec, 2017

मङ्सिर २५, काठमाडौँ | चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रतासँगै मतान्तर पनि बढाउदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रचण्ड ६ हजार ८५६ मतले अगाडि छन्।

प्राप्त पछिल्लो मतगणना परिणाम अनुसार पुष्पकमल दाहाल प्रचन्ड २८ हजार ३७८ मत प्राप्त गरि अगाडि छन् । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका उपाध्यक्ष एवं वनमन्त्री बिक्रम पाण्डेले २१ हजार ५२२ मत प्राप्त गरेका छन् ।

९३ हजार ८२३ मत खसेको चितवन ३ मा अहिलेसम्म ५३ हजार ६१८ मत गनिएको छ । 

शुरुमा नेपाली कांग्रेस र राप्रपाको बलियो पकड भएको क्षेत्रको मत गणना गरीएकाले प्रचण्डका प्रतिस्पर्धी पाण्डेसँग कडा प्रतिस्पर्धा देखिएको थियो । तर अब भने गणना गर्न बाँकी रहेका क्षेत्र एमाले र माओवादी केन्द्रको जनमत बलियो भएको क्षेत्र मानिन्छ । यसै अनुसार प्रचण्डले मतान्तरमा आफ्नो स्थिति बलियो बनाउँदै लागेका छन् । 

यहाँ तेश्रो प्रतिष्पर्धीको रुपमा नेपाल कम्युनिष्ट पार्टी (माले) का डम्बर श्रेष्‍ठले ८३१ मत पाएका छन् भने चौथो स्थानमा विवेकशील साझा पार्टीका शरद राज पाठकलाई २९३ मत प्राप्त भएको छ, त्यस्तै पाँचौं स्थानमा स्वतन्त्र उम्मेदवार हरी प्रसाद दाहाललाई २०० मत प्राप्त भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!