अन्तत: कांग्रेस महामन्त्री शशांक कोइरालाले पुरा गरे ह्याट्रिक

Posted on: 11 Dec, 2017

मंसिर २५, नवलपुर । नेपाली कांग्रेसका हेभीवेट नेताहरु पराजित भए पनि कांग्रेस महामन्त्री शशांक कोइरालाई भने नवलपुर १ बाट बिजयी भएका छन् । उनले बिजयी मात्र भएनन् आफ्नो ह्याट्रिक समेत पुरा गरेका छन् । 

महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरि बिजयी भएका छन् ।

बिपी कोइरालाका छोरा हुन् सशांक । उनको जितमा उद्योगपति बिनोद चौधरीको निकै ठूलो हात छ । एमाले र माओवादी केन्द्र समेतको बाम गठबन्धनलाई पराजित गरेका उनको जित कांग्रेसको लागि महत्वपूर्ण मानिन्छ । 

कोइरालाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीलाई ४ हजार ३४४ मतान्तरले पराजित गरेका हुन् । पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् । 

नवलपरासीबाट काटिएर नवलपुर बनेको नवलपुर चार नम्बर प्रदेशमा पर्छ । प्रदेश ४ को १८ मध्ये १६ सिटको नतिजा आउँदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।

नवलपुर २ बाट भने नेकपा एमालेका जिल्ला अध्यक्ष तिलक महत निर्वाचित भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!