महोत्तरी १ मा माओबादी उम्मेदवार पोखरेल विजयी

Posted on: 11 Dec, 2017

मङ्सिर २५, महोत्तरी । महोत्तरी क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल प्रतिनिधिसभामा विजयी हुनुभएको छ । 

उहाँ २३ हजार ७७६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गर्नुभएको छ । 


यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल महोत्तरीबाटै निर्वाचित हुनुभएको थियो । पोखरेल गणतन्त्र स्थापना भएपछि बनेको एकीकृत नेकपा माओवादी नेतृत्वको संयुक्त सरकारमा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । 

उहाँ २०७२ सालमा शिक्षामन्त्री र २०७४ सालको जेठमा स्वास्थ्यमन्त्री हुनुभयो । त्यस्तै महोत्तरी क्षेत्र नं १ को (कं) मा शारदादेवी थापा र (ख) मा भरत साह निर्वाचित हुनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!