ममाथि ठूलो षडयन्त्र भयो तर जनताले बुझे त्यसैले मेरो जित भयो, –विकास लम्साल (भिडियो सहित)

Posted on: 11 Dec, 2017


पर्वत । पर्वत क्षेत्र नं २ बाट विजयी भएका बामगठबन्धनका उम्मेदवार विकास लम्सालले आफूमाथि चुनावको बेलमा ठूलो षडयन्त्र भएपनि आफूले जीत हासिल गरेको बताएका छन् ।

आफूलाई पराजय गराउनको लागि अनेक उपाय अपनाएपनि जनताले आफूमाथि विस्वास गरेका कारण आफूले जीत हासिल गरेको उनले बताए ।

चुनावको बेलामा रक्सी, मासु र पैसाले भोट किनेर जित्ने सपना देखेकाहरुलाई जनताले चिनेका कारण आफूले जित हासिल गरेको बताए । उनले अघिल्लो प्रतिनिधिसभामा जीत हासिल गरेर संसदमा जाँदा उठाएका मुद्दा र मागहरु अब पनि प्रदेशसंसदमा उठाउने उनले बताए ।

जिल्लाको सदरमुकाम जोड्ने सडकखण्डलाई आफ्नो पाँच बर्षको कार्यकालमा कालोपत्रे गरेर पाँच बर्षपछि त्यहि बाटोमा गाडीमा भोट माग्न आउने उनले बताएका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!