पदम गिरीको भाषणमा हजारौ दर्शकले आँखाभरी आशु बनाउदै यसरी ताली बजाए (भिडियो सहित)

Posted on: 11 Dec, 2017

पर्वत । बामगठबन्धनका साझा उम्मेदवार तथा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले प्रतिनिधिसभामा विजयी भएपछि आफ्नो पहिलो प्रतिक्रिया दिएका छन् । उनले जनताको सेवक भएर काम गर्नेे बताएका छन् ।

पर्वतका जनताले आफूमाथि ठूलो विश्वास गरेर झण्डै १३ हजार मतान्तरले विजयी गराएको भन्दै त्यसको गुन आफूले पाँच बर्षमा चुक्ता गर्ने बताए । उनले पाँच बर्षभित्र जिल्लाको विकासका लागि अग्रसर हुने बताएका छन् ।

विजयी सभालाई सम्बोधन गर्दै गिरीले युवाहरुको नेतृत्व र स्वरोजगारको लागि आफूले विकल्प खोज्ने बताएका छन् । अब पनि युवाहरु विदेश पठाए हुदैन देशमानै केहि गर्नेको लागि राज्यले सोच्नुपर्छ । हामी अब त्यतातिर लाग्नुपर्छ । महिलाहरुलाई स्वरोजगार गराउनको लागि आफूले पहल गर्ने उनले बताए ।

उनले जिल्लाको विकासको लागि आफूले खाका तयार गरी सोही अनुसार लाग्ने र पाँच बर्षभित्र आफूले गरेका कामहरुको प्रतिबेदन जनतामाझ सार्वजानिक गर्ने बताएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!