देउवालाई धन्यवाद दिँदै प्रचण्डले पार्टी एकता र सरकारबारे मुख खोले

Posted on: 11 Dec, 2017

मंसिर २५, चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट निर्वाचित भए लगत्तै सरकार गठन र पार्टी एकता सँगै हुने अभिव्यक्ति दिएका छन् । प्रचण्डले प्रतिकुलताका बीच चुनाव गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत धन्यवाद दिए ।

प्रचण्डले पराजय भोग्नु पर्ने थाहा हुँदा-हुँदै पनि चुनाव गर्ने बाचा पूरा गरेको भन्दै देउवाको तारिफ समेत गरे ।

साथै प्रचण्डले आफ्ना मतदातालाई समेत धन्यवाद दिएका छन् । प्रचण्डले जनताले स्थायित्वका लागि आफूलाई मत दिएको भन्दै इमान्दार भएर जनतासामू गरिएका बाचा कार्यान्वयनमा लाग्ने बताए । निर्वाचनपछी एमाले-माओवादी भागवण्डा को बिषयमा बोल्दै प्रचण्डले भागबण्डानै मुख्य एजेन्डा नहुने बताउँदै देशको सम्बृद्धि र स्थायित्व प्रमुख एजेण्डा भएको जिकिर गरे । 

प्रचण्डले एमालेले सरकार नेतृत्व गर्ने सम्भावना स्वीकार गर्दै एमालेले सरकार चलाउँदा माओवादीलाई आपत्ति नहुने बताए । 

प्रचण्डले प्रदेश २ को मत परीणाम चित्त बुझ्दो नभएको भन्दै वाम गठबन्धनले अझ मेहनत गर्नु पर्ने र जनताका बीच जानु पर्ने धारणा राखे । 

अध्यक्ष दाहालले कांग्रेसले कम सिट ल्याएपनि कांग्रेसको भुमिका महत्वपुर्ण रहने दावी गरे । उनले भने 'आर्थिक विकासदेखि राष्ट्रिय मुद्धा र शान्तिप्रकृया टुङ्गोमा पुर्‍याउन कांग्रेस भुमिका अहम छ।' दाहालले आगामी दिनमा कांग्रेससंग सहकार्य गर्ने समेत बढाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!