कंचनपुर ३ मा एमाले र कांग्रेस उम्मेदवार बीच जम्मा १५ मतान्तर !

Posted on: 11 Dec, 2017

मङ्सिर २५, काठमाडौँ | प्रतिनिधि सभा निर्वाचनको अधिकांश क्षेत्रमा निर्वाचन सकिँदा कंचनपुर क्षेत्र नम्बर ३ मा भने अझै रोचक अपडेट आएको छ | 

यहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दीपक प्रकाश भट्टले जम्मा १५ मतले कांग्रेसलाई लिड गरेका छन् | हाल सम्मको मत गणनामा एमालेले यहाँ २४ हजार १३९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक २४ हजार १२४ मत प्राप्त गरेका छन् | 

त्यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार दिपेन्द्र कार्कीले २७६ मत पाउँदा नयाँ शक्ति पार्टी नेपालका जनक सिंह साउदले १९९ मत पाएका छन्  |  

प्रतिनिधि सभा अन्तर्गत अहिलेसम्म ७४ स्थानमा एमाले, ३६ स्थानमा माओवादी केन्द्र, २१ स्थानमा नेपाली कांग्रेस, १० स्थानमा संघीय फोरम, १० स्थानमा जितेर २ स्थानमा अग्रता लिदै गरेको राजपा, १ स्थानमा राष्ट्रिय जनमोर्चा, १ स्थानमा राप्रपा, १ स्थानमा नयाँ शक्ति, १ स्थानमा नेपाल मजदुर किसान पार्टी र २ स्थानमा स्वतन्त्रले जितेका छन्  |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!