१६० सिटको नतिजा सार्वजनिक, कसले कति जिते ?

Posted on: 12 Dec, 2017

मंसिर २६, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७५, नेकपा (माओवादी केन्द्र) ले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् ।

त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् । मतगणनाअनुसार अहिले एमाले चार, माओवादी दुई, राजपाका उम्मेदवारले दुई स्थानमा अग्रता लिइरहेका छन् ।

अब स्याङजाको क्षेत्र नं. १ र २, कैलालीको क्षेत्र नं. २, सर्लाही–४ र सुनसरी–३ गरी ५ क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये कैलाली २ र सुनसरी–३ मा मतगणना रोकिएको छ । निर्वाचन आयोगका अनुसार, अन्यमा अहिले मतगणना भइरहेको छ ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!