कैलाली १ मा रेशम चौधरी २० हजारबढी मतान्तरले विजयी

Posted on: 12 Dec, 2017

मङ्सिर २६, काठमाडौं । वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । 

उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन् ।

दुई वर्षअघि भएको टीकापुर घटनाका मुख्य अभियुक्त बनाइपछि चौधरीले वारेसनामामार्फत् राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।

को हुन् रेशम ?

रेशम चौधरीको कैलालीमै फूलवारी एफ एम र फूलवारी रिसोर्ट सञ्चालनमा रहेको थियो । तर टिकापुर घटनापछि एफएम र रिसोर्टमा आक्रोसितहरुले तोडफोड गरेपछि अहिले दुवै बन्द छन् ।

 

दरबार हत्याकाण्ड अघिसम्म रेशक चौधरी दरबारका मान्छे थिए । दरबारमा खेल सिकाउने र बेलाबेला गीत गाएर मनोरञ्जन दिलाउने पात्र हुन् रेशम । २०६२/०६३ को आन्दोलन अगाडि राजाले शासन हातमा लिएको बेला हुने नागरिक अभिनन्दनको चाँजोपाँजो मिलाउने काम रेशमले नै गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!