प्रदेश सभाको पहिलो बैठक बस्ने ठाउँ कहाँ-कहाँ ? को-को बन्दैछन् प्रदेसप्रमुख ?

Posted on: 12 Dec, 2017

मङ्सिर २६, काठमाडौँ | आजको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने ठाउँ तोक्ने भएको छ । 

यस बिषयमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा गठित समितिले योसम्बन्धी सिफारिश सरकारलाई गरिसकेको छ । जस अनुसार प्रदेश नम्बर १ मा विराटनगर, दुईमा जनकपुर र तीनमा ललितपुरमा पहिलो सभाको बैठक बस्न उपयुक्त हुने सुझाव दिईएको छ ।

त्यस्तै प्रदेश नम्बर चारमा पोखरा, पाँचमा दाङ र छमा सुर्खेतमा पहिलो बैठक बस्नु उपयुक्त हुने समितिको सुझाव छ ।

उता प्रदेश नम्बर सातको पहिलो बैठक भने दीपायल गर्न सकिने समितिको सुझावमा छ । यस्तै प्रदेश सरकारको मुख्य सचिवको रुपमा काम गर्ने अधिकारीलाई नै प्रमुख सचिव भन्ने समितिको सुझावमा छ ।

आजको बैठकले प्रदेश प्रमुखको कार्यालयमा काम गर्न एक सचिव पनि सरकारले पठाउने छ ।

प्रदेश प्रमुख आलंकारिक पद भएकाले राजनीतिक नियुक्त हुन सक्ने चासो एमाले माओवादीको छ । प्रदेश प्रमुख नियुक्त हुनेको नाम टुंगो लागिसकेको नभए पनि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नाम चर्चामा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!