खोटाङमा समानुपातिकमा पनि एमालेको अग्रता

Posted on: 12 Dec, 2017

चिसाङ शेर्पा/ मंसिर २६, खोटाङ । खोटाङमा समानुपातिकतर्फ पनि एमालेले अग्रता लिएको छ । 

मंगलबार साँझ ५ बजेसम्मको गणना अनुशार प्रतिनिधिसभामा एमालेले ११ हजार ५८१, कांग्रेसले ९ हजार १६१, माओबादी केन्द्रले ५ हजार ८९० मत पाएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


यस्तै, संघीय समाजबादी फोरमले ७०७, नयाँ शक्तीले ३९८, राप्रपाले ३३९ र राजपाले १७२ र राप्रपा प्रजातान्त्रिकले ३१ मत पाएको छ । 

यस्तै, प्रदेशसभातर्फ एमालेले ९ हजार ९५६, कांग्रेसले ८ हजार ४७, माओबादी केन्द्रले ६ हजार ७६९, राप्रपाले ७४४, संघीय समाजबादी फोरमले ६७२, नयाँशक्तीले ४१७, नेकपा मालेले १७ मत पाएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रत्यक्षतर्फको मत गणना शनिबार साँझ नै सकिए पनि प्रत्यक्षतर्फको मत भने एक दिनको बिश्राम पछि सोमबारबाट गणना सुरु गरिएको मूख्या निर्वाचन अधिकृत किशोर घिमिरेले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!