प्रदेश नं.७ को समृद्धिको लागि प्रधानमन्त्री देउवासँग सहकार्य गरेर अघि बढ्ने एमाले उपाध्यक्षः रावल

Posted on: 12 Dec, 2017

मंसिर २६, अछाम | नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं.१ का नवनिर्वा्चित सांसद भीम रावलले प्रदेश नं.७ को समृद्धिको लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग सहकार्य गरेर अघि बढने बताउनु भएको छ ।

सयुक्त वामगठबन्धनको विजय सभालाई आज साँफेबगरमा सम्वोधन गर्दै रावलले यस क्षेत्रको विकासको लागि नेपाली काँग्रेसका सभापतिको भूमिका पनि महत्वपूर्ण रहने स्पष्ट पार्नु भयो । उहाँले नेपाली काँग्रेसलाई चुनावबाट जनताले प्रतिपक्षको भूमिकामा पुगेकाले काँग्रेसलाई नआत्तिन आग्रह गर्दै विपक्षीप्रति गठबन्धनको सरकारले कुनै भेदभावन गर्ने प्रतिबद्धता जनाउनु भयो । 


स्थायीत्व र सम्बृद्ध मुलुक निर्माणका लागि नेपाली जनताले मताधिकार प्रयोग गरेको बताउनुभयो । संविधान निर्माणसँगै अव कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितिर अघि बढाउने  बताउनुभयो । नेपाली काँग्रेसलाई जनताले वहुमत/दुईतिहाई वहुमत दिएपनि जनताको मतको सदुपयोग गर्न नसकेका कारण जनताले वामगठबन्धनलाई जिताएको बताउनुभयो । उहाँले वामगठबन्धनले जनताको शिर झुकाउने काम नगर्ने भन्दै सबैसँग सहकार्य गर्दै देश निर्माणको अभियानमा जुट्ने बताउनुभयो । वामगठबन्धनको जितलाई क्षिमेकि मुलकले समेत स्वागत गरेको बताउनुभयो । 

विजयी सभालाई सम्वोधन गर्दै नवनिर्वा्चित प्रदेस सदस्य गोविन्द कुँवरले वाम गठबन्धनले निर्वाचनमा बहुमतसहित विजय हासिल गरेकाले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयो । प्रदेश सदस्य कुँवरले प्रदेशको सरकार गठनपछि आफूहरुको ध्यान चुनावका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्नतर्फ रहने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!