गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

Posted on: 12 Dec, 2017

मङ्सिर २६, काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन् ।

भगवतीले अहिलेसम्म ३२ हजार ५ सय ५५ मत र उनका निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विजय गच्छदारले ३२ हजार ४ सय ९३ मतले प्राप्त गरेका छन् ।

मतगणनाका क्रममा एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहानदेखि मतगणना स्थगित भएको थियो । मतगणनाका क्रममा नौवटा रुख चिन्हमा छाप लागेको अर्धकट्टीसहितको मतपत्रलाई निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले सदर गरेपछि एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएकी थिइन ।

त्यस लगत्तै मतगणना अवरुद्ध भएको थियो । उक्त क्षेत्रमै एउटा सूर्य चिन्हमा २० रुपैयाँको नोट टाँसिएको मतपत्र भेटिएपछि उक्त मतपत्र बदर गरिएको थियो । यसलाई पनि चौधरीले आपत्ति जनाएकी थिइन् ।

सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी थिइन्। अघिल्लो पटक मतपरिणाम सार्वजनिक हुँदा १६५ मतान्तर थियो । अहिले भने त्यो घटेर ६२ मा पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!