यसरी छानिन्छन् समानुपातिक सांसदहरु, समानुपातिकमा सांसद बन्न कति मत चाहिन्छ ?

Posted on: 12 Dec, 2017

मंसिर २६, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको समानुपातिक तर्फको मत गणना जारी रहँदा समानुपातिक उम्मेदवार कसरी छानिन्छ भन्ने कुराको चासो धेरैमा छ । समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुल सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।

यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड -मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

समानुपातिकमा सांसद बन्न कति मत चाहिन्छ ? 

समानुपातिकमा सांसद बन्न पहिलो कुरा ३% थ्रेसहोल्ड कटाउनु पर्छ, अर्थात अहिलेको कुल खसेको मतमा बदर मत र त्यसमा पनि थ्रेसहोल्ड नकटाएका दलहरुको मत घटाएर करिव ३ लाख ८ हजार भन्दा बढी मत ल्याउनुपर्छ । यदी ३ प्रतिशत मात्र कटाएको छ भने त्यस दलको समानुपातिकको कुल ११० सांसदको ३% सांसद बन्नेछ | अर्थात ३ जना सांसद बन्नेछ, यदी कुनै दलले १०% मात्र समानुपातिक मत पाएको छ भने त्यस दलले ११ जना सांसदको सिट पाउँछ |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!