१०:४५ सम्मको समानुपातिक मत परिणाम: एमालेलाई ४३ सिट, राजपालाई ४ सिट, अरुलाई कति ?

Posted on: 13 Dec, 2017

मङ्सिर २७, काठमाडौँ | देशभरीको आधा भन्दा बढी समानुपातिक मतगणना सम्पन्न भई सक्दा हालसम्मको मतको आधारमा यस्तै स्थितिमा कुन दलले कति मत पाउँछन भन्ने चासो धेरैमा छ | हामीले यहाँ मतको आधारमा स्मानुपाति सिटको आंकलन गरेका छौं |  

समानुपातिकमा पहिलो स्थान मा रहेको दल नेकपा एमालेले अहिलेसम्म १९ लाख २१ हजार २७ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव ३९.२% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार एमालेले ४३ सिट पाउने छ |

त्यस्तै समानुपातिकमा दोश्रो स्थानमा रहेको दल नेपाली कांग्रेसले अहिलेसम्म १८ लाख २७ हजार ७ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव ३७.२८% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले ४१ सिट पाउन सक्छ |

त्यस्तै समानुपातिकमा तेश्रो स्थानमा रहेको दल नेकपा माओवादी केन्द्रले अहिलेसम्म ७ लाख ४० हजार ६१९ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव १५.११% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रले १७ सिट पाउनसक्छ  | 

त्यस्तै समानुपातिकमा चौथो स्थानमा रहेको दल संघीय समाजवादी फोरम, नेपाल ले हालसम्म २ लाख ६ हजार ६५ मत प्राप्त गरेको छ | जुन 4.81% हो | त्यस अनुसार उसले ५ सिट पाउन सक्छ | त्यसैगरि राष्ट्रिय जनता पार्टी नेपाल अहिले समानुपातिक मत परिणाम हालसम्म थ्रेस होल्ड कटाउने अन्तिम दल हो उसले १ लाख ७७ हजार ८३ मत पाएको अवस्थामा उसको ३.६१ प्रतिशत हुन्छ, जस अनुसार उसले ४ सिट पाउने आंकलन छ | 

यो समानुपातिकको सिट ब्यबस्था अनुसारको आंकलन हो | शतप्रतिशत मत परिणाम नआउँदासम्म सिट बाँडफांडको एकिन आउनेछ | आधा भन्दा बढी मत गणना भई सक्दा अब गनिने आधा मतले प्रतिशत र सिट निर्धारण गर्छ | अहिलेसम्म प्राप्त मत भन्दा ठुलो अन्तरमा घटीबढी मत पाएको अवस्थामा पनि सिट घटबढ हुन्छ  | जस्तोकि अहिलेसम्म आधा मत गन्दा एमालेको सबैभन्दा बढी मत छ तर अब गनिने मतमा कांग्रेसले उसलाई उछिनेको खण्डमा एमालेको भन्दा कांग्रेसले बढी मत पाउँछ | तल समानुपातिक सिट निर्धारणमा थप जानकारी लिन सक्नुहुन्छ: 

समानुपातिक सांसद कसरी छानिन्छ ?  

समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुल सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।

यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड -मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

हालसम्म थ्रेसहोल्ड नपुगेका दल र तिनको मत परिणाम: 

राष्ट्रिय प्रजातन्त्र पार्टी: 128022 (2.34%)

विवेकशील साझा पार्टी: 119740 (2.19)

नयाँ शक्ति पार्टी, नेपाल: 54910 (1%)

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 42853 (0.78%)

राष्ट्रिय जनमोर्चा: 34760 (0.63%)

अन्य: 186193 (3.4%)

जम्मा थ्रेसहोल्ड नपुगेको मत: 566478

यस बिषयमा तपाइको प्रतिक्रिया...!