बझाङमा समानुपातिकमा नेपाली काँग्रेस पहिलो

Posted on: 13 Dec, 2017

टेकेन्द्र बोहरा | मङ्सिर २७, बझाङ ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बझाङमा सबैभन्दा बढी मत ल्याएर नेपाली काँग्रेस पहिलो पाटी बनेको छ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनमा काँग्रेसले २४ हजार ७ सय ७९ मत प्राप्त गरी पहिलो भएको हो ।त्यस्तै  नेकपा एमाले २४ हजार ४ सय ७७ र नेकपा ९माओवादी केन्द्रले आठ हजार ६ सय ५३ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

यसैगरी प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत काँगे्रसले २२ हजार ९ सय ६४ मत प्राप्त गरी पहिलो भएको छ भने एमालेले २० हजार ८ सय ६ र मओवादी केन्द्रले १० हजार ६ सय ३५ मत पाएर क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!