बेलुका ७:४५ सम्मको समानुपातिक मत अपडेट: एमाले-कांग्रेसमा १ सिटको टक्कर, कुन दलले कति पाउलान् ?

Posted on: 13 Dec, 2017

मङ्सिर २७, काठमाडौँ | देशभरीको आधा भन्दा बढी समानुपातिक मतगणना सम्पन्न भई सक्दा हालसम्मको मतको आधारमा यस्तै स्थितिमा कुन दलले कति मत पाउँछन भन्ने चासो धेरैमा छ | हामीले यहाँ मतको आधारमा स्मानुपाति सिटको आंकलन गरेका छौं |  

नेकपा एमाले: ४२ सिट 

समानुपातिकमा पहिलो स्थान मा रहेको दल नेकपा एमालेले अहिलेसम्म २३ लाख ४७ हजार ३७१ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव ३८.४८% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार एमालेले ४२ सिट पाउने छ | बिहानको तुलनामा समानुपातिकमा एमालेको मत केहि घटेको छ | बिहानको अपडेट अनुसार ४३ सिट पाउने सम्भावना भएको एमालेले अहिले ४२ सिट पाउने स्थिति छ | 

नेपाली कांग्रेस: ४१ सिट 

त्यस्तै समानुपातिकमा दोश्रो स्थानमा रहेको दल नेपाली कांग्रेसले अहिलेसम्म २२  लाख ५९ हजार ७८२ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव ३७.०४% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले ४१ सिट पाउन सक्छ | तर बिहानको तुलनामा कांग्रेसको प्रतिशत मत घटेको देखिन्छ | 

नेकपा माओवादी केन्द्र: १७ सिट 

त्यस्तै समानुपातिकमा तेश्रो स्थानमा रहेको दल नेकपा माओवादी केन्द्रले अहिलेसम्म ९ लाख २१ हजार ९०६ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव १५.११% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रले १७ सिट पाउनसक्छ | बिहानको तुलनामा माओवादी केन्द्रले समान स्थितिमा आनो मत बढाएको छ | 

संघीय समाजवादी फोरम नेपाल: ६ सिट 

त्यस्तै समानुपातिकमा चौथो स्थानमा रहेको दल संघीय समाजवादी फोरम, नेपाल ले हालसम्म ३ लाख १५ हजार ९२९ मत प्राप्त गरेको छ | जुन ५.१७% हो | बिहानसम्म ४.८१% मत पाएको उसले आफ्नो मत बढाएको छ | त्यस अनुसार उसले ६ सिट पाउन सक्छ| बिहानसम्म उसको ५ सिट आंकलन गरिएको थियो  |

राष्ट्रिय जनता पार्टी नेपाल: ४ सिट 

त्यसैगरि राष्ट्रिय जनता पार्टी नेपाल अहिले समानुपातिक मत परिणाम हालसम्म थ्रेस होल्ड कटाउने अन्तिम दल हो उसले २ लाख ५४ हजार ४०२ मत पाएको अवस्थामा उसको ४.१८% हो बिहान उसले ३.६१ प्रतिशत मत आएको थियो, जस अनुसार उसले ४ सिट पाउने आंकलन छ | यसरी हेर्दा पछिल्लो अपडेटमा मधेसवादी दलको समानुपातिक मत बढेको छ | एमाले -कांग्रेसको मत प्रतिशत केहि घटेको छ भने माओवादीको स्थिर छ |   

यो समानुपातिकको सिट ब्यबस्था अनुसारको आंकलन हो | शतप्रतिशत मत परिणाम नआउँदासम्म सिट बाँडफांडको एकिन तथ्यांक आउंदैन | मतगणना जारी रहँदा घटबढ भईरहने हुँदा सोहि अनुसार सिट संख्या पनि घटबढ हुनसक्छ |१ करोड ५ लाख ८७ हजार ५२१ मतदाता रहेको समानुपातिकमा अब ३३% भन्दा कम मत गन्न बाँकी छ | अब गनिने ३३% मतले जे नतिजा दिन्छ सोहि अनुसार सिट बाडफाड हुन्छ  | अहिलेसम्म प्राप्त मत भन्दा ठुलो अन्तरमा घटीबढी मत पाएको अवस्थामा पनि सिट घटबढ हुन्छ  | जस्तोकि अहिलेसम्म ६६% मत गन्दा एमालेको सबैभन्दा बढी मत छ तर अब गनिने मतमा कांग्रेसले उसलाई उछिनेको खण्डमा एमालेको भन्दा कांग्रेसले बढी मत पाउँछ | तर माथिको आंकलन अनुसार स्थिर रुपमा मत बढेमा आंकलन मिल्न सक्छ |  

हालसम्म थ्रेसहोल्ड नपुगेका दल र तिनको मत परिणाम: 

राष्ट्रिय प्रजातन्त्र पार्टी: 154697

विवेकशील साझा पार्टी: 153873

नयाँ शक्ति पार्टी, नेपाल: 64003

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 53976

राष्ट्रिय जनमोर्चा: 38547

अन्य: 235845

समानुपातिक सांसद कसरी छानिन्छ ?  

समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुल सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।

यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड -मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!