एक महिनाभित्र ६ वटा एम्बुलेन्स वितरण गर्छुः कान्छराम

Posted on: 14 Dec, 2017

मंसिर २८, रामेछाप । रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा पराजित नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले एक महिनाभित्र ६ वटा एम्बुलेसन्स वितरण गर्ने बताएका छन् ।

उनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार एम्बुलेन्स वितरण गर्ने बताएका हुन् । कान्छारामले निर्वाच्नमा जनताले आफूलाई धेरै भोट दिएको भन्दै खुसी व्यक्त गरे ।


कांग्रेस रामेछापले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमाको मत परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बुधवार मन्थलीमा पत्रकार सम्मेलन गर्दै पार्टीका सभापति लवश्री न्यौपानेले जिल्लामा पार्टीले हारे पनि पार्टीको एजेण्डाले जितेको दावी गरे ।

पत्रकार सम्मेलनमा प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट काग्रेसको तर्फबाट उम्मेदवार बनेका नेता रत्न कार्कीले अहिलेको बाम गठबन्धनप्रति ठुलो शंका रहेको बताए । 

प्रदेश सभा क्षेत्र नम्बर २ बाट कांग्रेसका उम्मेदवार जितबहादुर मगरले पाँच् बर्षका लागि जनताले दिएको मतलाई समृद्धि र विकासका लागि उपयोग गर्न आग्रह गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!