लहानको सहिद चोकमा बम बिस्फोट

Posted on: 14 Dec, 2017

राम नारायण पंडित/मङ्सिर २८, सिरहा । लहानमा ईलाका प्रहरी कार्यालय नजिकै बम विस्फोट भएको छ । 

आज दिउँसो पूर्वपश्चिम लोकमार्ग अन्तर्गत लहानको शहिद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम विस्फोट भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक जुगेश्वर राउतले बताए । 


शहिद रमेश चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४ औं घण्टा गस्ति रहेपनि बम बिस्फोट भएकोले चुनौति बढेको छ । 

घटनास्थलबाट जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) का पम्पलेट फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोइरालाले बाए । बम बिस्फोटका सम्बन्धमा अनुसनधान भईरहेको उपरिक्षक कोइरालाले जनाए ।

विस्फोटपछि लहानको जनजीवन आतंकित बनेको छ । विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!