भक्तपुरमा समानुपातिकतर्फ एमाले पहिलो

Posted on: 14 Dec, 2017

मङ्सिर २८, भक्तपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले) पहिलो बनेको छ ।

एमालेले ४२ हजार ७७६ मत प्राप्त गरी पहिलो बनेको हो । नेपाल मजदुर किसान पार्टीले ३५ हजार ४९० मत प्राप्त दोस्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । 

यसैगरी नेपाली काँग्रेसले २६ हजार ३९१ मत प्राप्त गरी तेस्रो भएको छ भने विवेकशील साझा पार्टीले आठ हजार ९५३, माओवादी केन्द्रले सात हजार ४०५, राप्रपा प्रजातान्त्रिकले तीन हजार २६६ र राप्रपाले तीन हजार १८३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । 

भक्तपुरमा समानुपातिकतर्फ ४९ वटा दलले मत प्राप्त गरेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!