कांग्रेसले खोटाङमा चुनाव प्रचार–प्रसारका सामग्री हटायो

Posted on: 14 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २८, खोटाङ । नेपाली कांग्रेस खोटाङले चुनाव प्रचार–प्रसारका क्रममा प्रयोग गरेका चुनावी सामग्री हटाएको छ । 

विहीवार विहान सदरमुकाम दिक्तेलबजारमा पार्टीका शिर्षस्त नेताहरुसहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रयोग गरेका सामग्री हटाएका हुन् । सफा र सुन्दर बजार बनाउँनका लागि कांग्रेसले प्रचार–प्रसारका समयमा टाँगेका पोस्टर, पर्चा, पम्प्लेट, तोरण र झण्डा हटाएका छन् । 

कांग्रेसले उच्च लोकतान्त्रिक संस्कार र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै समग्री हटाएको नेविसंघका जिल्ला सभापति राजकुमार वस्नेतले बताए । उनले भने, ‘आफुले निर्वाचनको क्रममा प्रयोग गरेका प्रचार सामग्री हटाएर बजार एवंम गाउँलाई सफा र सुन्दर बनाउँनु हामी सवैको दायित्व भएकाले प्रयोग गरेका समग्री हामीले नै हटाएर बजारलाई कुरुप हुनबाट जोगाएका हौ ।’ 

विगतका निर्वाचनमा भने कुनैपनि पार्टीले महिनौसम्म प्रचार सामग्री हटाउँने गरेका थिएनन् । त्यही रेकर्ड ब्रेक गर्दै खोटाङ कांग्रेसले प्रचार सामग्री हटाएका हुन् । कांग्रेसले आफ्ना प्रचार सामग्री हटाएपनि अन्य दलले भने हटाएका छैनन् । कांग्रेसले दिक्तेलबजारबाट सुरु गरेको अभियान जिल्लाका ठूला ब्यापारिक केन्द्र, बजार तथा गाउँसम्म गर्ने जनाएको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!