समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो

Posted on: 15 Dec, 2017

मङ्सिर २९, विराटनगर ।  प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । 

सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा(एमाले)ले एक लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा(माओवादी केन्द्र)ले ४४ हजार ९५१ मत प्राप्त गरी तेस्रो स्थान कायम गरेको छ । 

त्यस्तै, संघीय समाजवादी फोरम नेपालले २९ हजार ३१५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनता पार्टीले आठ हजार ८९७ मत प्राप्त गरेका हुन् । 

मोरङको कूल मतदातामध्ये समानुपातिकतर्फ चार लाख ५९ हजार १७२ मत खसेकामा ४१ हजार ५७१ मत बदर भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!