नवनिर्वाचित साँसदलाई न्यायिक पुर्नस्थापना गर्न आरक्ष पीडितको माग

Posted on: 15 Dec, 2017

मंसिर २९, कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितले नवनिर्वाचित प्रतिनिधी र प्रदेश सभा सदस्यलाई न्यायिक पुर्नस्थापनाका कार्यक्रम ल्याउन माग गरेका छन् । 

शुक्रबार आरक्षपीडित जिल्ला संघर्ष समितिको पुर्नगठन कार्यक्रममा पीडितहरुले न्यायिक पुर्नस्थापनाका कार्यक्रम ल्याएर पीडितको समस्या समाधान गर्न माग गरेका हुन् । 

आरक्षपीडित जिल्ला संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरासिह भण्डारीले आरक्ष पीडितले नव निर्वाचित साँसदलाई बधाई तथा सफल कार्यकालयको शुभकामना समेत दिएका छन् । यस अघि जितेर गएकाहरुले पीडितको पक्षमा कुनै पनि काम नगरेकाले पीडितको समस्या जस्ताको तेस्तै रहेकाले अहिले निर्वाचित साँसदले गम्भिर भएर ध्यान दिन समेत माग गरेका छन् । 

जसले आरक्ष पीडित र आम जनताले जिताएर प्रदेश र केन्द्रमा पु¥याएको छ, ठिक त्यसैगरी पीडितको न्याय र जनताको सेवाका लागि समेत तल्लिन हुन आग्रह गरेका छन् । यसैविच आरक्षपीडित जिल्ला संघर्ष समिति कञ्चनपुरमा पुनः हिरासिह भण्डारी नै चयन भएका छन् । 

बरिष्ठ उपाध्यक्ष मोतीराम ढगौरा, उपाध्यक्ष खेमादेवी कार्की, सचिव बिरभान सिह नायक, कोषाध्यक्ष जनकला हमाल, सदस्य दल बहादुर विक, झपड खडका, गणेश सिह विष्ट र साईबा राना रहेका छन् । आरक्ष पीडितका अगुवा गोपाल सिह धामी सल्लाहकार समितिको संयोजकमा चयन भएका छन् । 

प्रेम सिह ऐर सदस्य रहेका छन् । कञ्चनपुरका आरक्षपीडितले आफुहरुमाथी राज्यले गरेको अन्यायको क्षतिपुर्ती दिनुपर्नेमा समेत जोडदिएका छन् । विस २०५८सालमा शुक्लाफाँटा विस्तारका क्रममा विभिन्न स्तानबाट विस्थापित गराएका पीडितको अहिलेसम्म पुर्नस्थापना हुन सकेको छैन् । उनीहरु जिल्लाका विभिन्न स्थानमा शिबिर बनाएर बस्न बाध्य भएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!