अछाममा साढे ९ हजार मत बदर

Posted on: 15 Dec, 2017

कमल रावल/मसिर २९, अछाम । अछाम जिल्लामा साढे ९ हजार बढी मत बदर भएका छन् । 

अछाममा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फ गरि यत्रो संख्यमा मत बदर भएका हुन् । प्रत्यक्षतर्फ २ हजार ९ सय ४८ र समानुपातिक तर्फ ६ हजार ७ सय २६ गरि ९ हजार ६ सय ७४ मत बदर भएका हुन ।

 जिल्लाभरीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ कुल खसेको मत ८६ हजार ८ सय ७४ मध्ये ३ दशमलव ५१ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।

जसमा प्रतिनिधिसभाको क्षेत्र नं. १ मा ४३ हजार ३ सय ८० मत खसेकोमा १२ सय ९८ मत बदर भए । जुन सदर मत ४२ हजार ५ सय ८२ को ३ प्रतिशत हुन आउछ । यस्तै क्षेत्र नं. २ मा कुल ४२ हजार ८ सय ९४ खसेको मतमा ४ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनुभयो । प्रदेशसभाको खसको मतमा २ दशमलव ३ देअी ५ दशमलव ५ प्रतिशतसम्म मत बदर भएको उहाँको भनाई छ ।

 बदर मतमा दुईटा चिन्हमा छाप लगाएको, ल्याप्चे लगाएको बढी भेटिएको भट्टले जानकारी दिनुभयो । प्रत्यक्षतर्फ सात नम्बर प्रदेशका अन्य जिल्ला भन्दा अछाममा मत बदर संख्या कमै भएको उहाँको भनाई छ । 

प्रत्यक्ष तर्फको मतपत्रमा कम चिन्ह भएका कारण बदर कम भएपनि समानुपातिकमा भने केही बढी मत बदर भएका छन । जिल्लाभरीमा समानुपापितक तर्फ कुल खसेको मत ८६ हजार ४ सय ९५ मध्ये क्षेत्र नम्वर २ मा ४ हजार ४ र क्षेत्र नम्वर १ मा २ हजार ७ सय ४१ गरि ६ हजार ७ सय २६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । 

निर्वाचन अघि जिल्ला निर्वाचन कार्यालय अछामले बदर मत संख्या घटाउन र निर्वाचन शिक्षाका लागि १ सय ९७ जना मतदाता शिक्षा स्वयंमसेवक परिचालन गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!