आगामी बजेटमा सवै पक्षलाई समेटेर जनमैत्री कार्यक्रम ल्याउँछु: मेयर नेम्बाङ

Posted on: 15 Dec, 2017

जितेन्द्र भण्डारी/मंसिर २९, पाँचथर । पाँचथरको फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले आगामी आउने बजेटमा आदिवासी जनजाति लगायत सवै पक्षलाई समेटेर जनमैत्री र लोकप्रिय कार्यक्रम ल्याउने वताउनुभएको छ ।

पाँचथरको फिदिममा आज आयोजित पाँच दिने आधारभूत पत्रकारिता तालिमको समापन समारोहमा वोल्दै उहाँले अझै आउने दिनमा आदिवासी जनजातिको उत्थान हुने किसिमका कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो ।

फिदिम नगरपालिकाको सहयोगमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरले तालिमको आयोजना गरेको हो ।


तालिममा फिदिम नगर क्षेत्रका १८ जना आदिबासी जनजाति युवा–युवतीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण फोनिजका पूर्वाञ्चल संयोजक तथा कान्तिपुर दैनिकका पाँचथर संवाददाता शाहीमान राई, पत्रकार कबिन्द्र शेर्मा, बिजयबोध लाओती र नारायण तुम्बापोले गर्नुभएको थियो ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका अध्यक्ष गणेश साम्पाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!