प्रदेश-२ मा मधेसी दललाई बहुमत पुर्याउन १ सिट नपुगेपछि...

Posted on: 17 Dec, 2017

पुस २, काठमाडौँ | मधेशको पकड क्षेत्रमै मधेशवादी दलले बहुमत नपाएपछी त्यहाँ प्रदेश सरकार बनाउन मधेसवादी दल र अन्य दललाई सकस परेको छ | 

उता कांग्रेस एमाले र माओवादीको समेत सिट जोड्दा पनि १ सिट नै पुग्दैन यस्तो अवस्थामा मदेशवादी दलसँग र एमाले कांग्रेस र माओवादीको बिकल्पको रुपमा स्वतन्त्र सांसद शेख अबुलकलाम आजाद महत्वपूर्ण बनेका छन् | स्वतन्त्रबाट सांसद बनेका आजाद १ जना मात्रै मधेसी दलसँग मिल्ने हो भने पनि मधेसी दललाई बहुमत पुग्ने देखिन्छ भने एमाले-कांग्रेस र माओवादी मिलेर बहुमत पुर्याउन पनि उनकै आवश्यकटा पर्ने देखिन्छ |यहाँ मदेशवादी दलहरु राजपा र संघीय समाजवादी फोरमको ५३ सिट मात्र आएकाले बहुमत हुन थप १ सीट आवश्यक हुन्छ त्यस्तै एमालेको २१, कांग्रेसको १९ र माओवादीको १३ सिट जोड्दा पनि ५३ नै हुन आउँछ, यस्तो अवस्थामा प्रदेश सरकारको लागि कसको समीकरण बन्छ भन्न अहिले नै मुश्किल छ | यहाँ मधेसवादीलाई सरकार बनाउन स्वतन्त्र १ सिट वा एमाले, कांग्रेस वा माओवादी मध्ये एक दल मात्रको समर्थन काफी छ | 

केन्द्रीय राजनीति बाम नेतृत्वमा अघि बढ्ने हुँदा मधेसमा मधेसवादीले बामसँगनै सहकार्य गरेर दुईतिहाईको सरकार बनाउन सक्ने सम्भावना पनि छ | त्यसका लागि मधेसी दलले प्रदेश २ मा दुईतिहाईसँगै केन्द्रमा समेत दुई तिहाईको लागि सहयोग गर्न सक्ने सम्भावना देखिन्छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!