यी हुन् माओवादी पहिलो बनेको ५ जिल्लाहरु

Posted on: 17 Dec, 2017

पुस २, काठमाडौँ | समानुपातिक मत परिणाम अनुसार कुन जिल्लामा कुन पार्टी बलियो भन्ने आंकलन गर्ने गरिन्छ, यसैक्रममा यस पटकको निर्वाचनमा प्रत्यक्ष तर्फ दोश्रो र समग्र मत परिणाममा तेश्रो पार्टी बनेको माओवादी केन्द्र कति जिल्लामा पहिलो बलियो पार्टीको रुपमा छ भन्ने कुरा समानुपातिक मत परिणामबाट पुष्टि हुन्छ । 

यस पटकको निर्वाचनको समानुपातिक मत परिणाम अनुसार माओवादी केन्द्रले ६ जिल्लामा आफुलाई पहिलो पार्टीको रुपमा मत पाएको छ ।  माओवादी केन्द्र रोल्पा, पूर्वी रुकुम, पश्चिमी रुकुम, जुम्ला र कालीकोटमा समानुपातिकतर्फ पहिलो धेरै मत पाएको छ । यस बाहेक माओवादीले अन्य कुनै पनि जिल्लामा अरु पार्टीले भन्दा धेरै मत पाएको छैन । अधिकांश जिल्लामा माओवदीको स्थान तेस्रो स्थानमा छ ।

यसैबीच एमाले ५० जिल्लामा र कांग्रेस १७ जिल्लामा सबै भन्दा धेरै मत पाउनेमा परेका छन् । त्यस्तै मधेसवादी दलहरु राजपा र फोरमले प्रदेश २ को ४ जिल्लामा पहिलो मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!