डोटीमा समानुपातिक तर्फ ७ हजार भन्दा बढी मत बदर !

Posted on: 17 Dec, 2017

पुस १, डोटी | मतगणनाका क्रममा समानुपातिक तर्फ ठुलो मात्रामा बदर मत भेटिएको छ । 

प्रतिनिधी सभाका लागि डोटीमा कुल खसेको ६९ हजार एक सय ४९ मत मध्ये ७ हजार ४ सय १६ मत बदर भयो । जुन कुल खसेको मतको ११ प्रतिशत हो । प्रतिनिधी सभामा ६१ हजार सात सय ३३ मत मात्रै सदर भएको छ । 

यस्तै प्रदेश सभामा अझै बढी म तबदर भएका छन् । प्रदेश सभाको  ‘क’ निर्वाचन क्षेत्रमा कुल खसेको मतमा १७ प्रतिशत मत बदर भएको छ । यो क्षेत्रमा कुल ३६ हजार ९ सय ४९ मत खसेकोमा ३० हजार छ सय ४९ मत सदर र छ हजार तीन सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा पनि १६ प्रतिशत मत बदर भएको छ । कुल खसेको ३२ हजार दुई सय ७० मतमध्ये २६ हजार नौ सय ४५ मत मात्रै सदर हुँदा ५ हजार दुई ५५ म तबदर भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!