महोत्तारीमा ट्र्याक्टरले ठक्कर दिँदा १२ बर्षीय बालिकाको मृत्यु

Posted on: 21 Dec, 2017

पुस ६, महोत्तरी । महोत्तरीको गौशालामा ट्र्याक्टरले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ । 

आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नंको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो । 

तीव्र गतिमा रहेको ट्र्याक्टर अनियन्त्रित हुँदा बाटोको छेउमा रहेको महतोलाई ठक्कर दिँदा घटनस्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

ट्र्याक्टर चालक फरार रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!